कपिलवस्तु । बाणगंगा नगरपालिका ८ चप्परगाउँस्थित सडकमा अर्घाखाँचीबाट बुटवलतर्फ जाँदै गरेको लु ३ च ३३९५ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री ३० वर्षीया रीता भुसालकी छोरी ३ वर्षीया अप्सना भुसालको सोमबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी अप्सना भुसाललाई सिटि अस्पताल बुटवलमा थप उपचार गरिएपनि मृत्यु भएको हो । यसैगरी, ठक्करबाट घाइते भएकी रीता भुसालको उपचार सोही अस्पतालमा भइरहेको छ ।
प्रहरीले पिकअप चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




