रुपन्देही । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा दाँतको उपचारका लागि ल्याइएकी एक बालिकाले सुई लगाउनका लागि तयार ढक्कन निलेपछि तनाव उत्पन्न भएको छ । बिरामीका आफन्तले स्वास्थ्यकर्मीको लापरवाहीका कारण बच्चाले सुई निल्ने विषय बाहिर ल्याएपछि घटनाले उग्र रूप लिएको हो ।
आइतबार दाँतबाट पिप निस्किने समस्याका कारण उपचारका लागि अस्पताल पुगेकी ८ वर्षीया बालिकाको सुई (ढक्कन) पेटभित्र गएको बताइएको छ । बच्चाको उपचारका क्रममा स्वास्थ्यकर्मीले सुई राख्ने तयारी गरेका थिए, तर बालिकाले सुईको ढक्कन निलेपछि समस्या भएको थियो ।
बालिकाको आमा अनुसार बच्चीलाई ९ बजे अस्पताल लगिएको र १० बजे चेकअप पछि असहज अनुभव भएपछि एक्सरे गरिएको थियो, जसमा सुईको ढक्कन पेटमा रहेको पाइएको थियो । अस्पतालका स्वास्थ्यकर्मीहरूले भने, सुई नभइ ढक्कन रहेको र त्यो बच्चाको दिसाबाट बाहिर आउने जानकारी दिएका छन् ।
अस्पतालका व्यवस्थापकले भने कि बच्चाले सुईको ढक्कन निलेको हो, सुई पेटमा गइ नसकेको र एक्सरेबाट त्यसको पुष्टि भएको जानकारी दिए । उनले थपे कि उक्त ढक्कन दिसाबाट बाहिर आउने सम्भावना रहेको छ र यसले धेरै खतरा नपार्ने उल्लेख गरे ।
यद्यपि, बालिकाका आमा अस्पतालमा गरिएको उपचार र खर्चका विषयमा असन्तुष्ट देखिइन् । अस्पतालका सूचना अधिकारीले बिरामीका आफन्त र स्वास्थ्यकर्मी बीच छलफल गरेर समाधान खोज्ने प्रक्रिया अघि बढाइएको बताए ।




