काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी मंगलबार र बुधबार (२० तथा २१ पुस) सार्वजनिक बिदा घोषणा गरेको छ । यस बिदाको कारण इसाई धर्मावलम्बीहरूले मनाउने क्रिसमस पर्व हो ।
राक्सिराङ गाउँपालिकामा इसाई धर्मावलम्बीहरूको महत्वपूर्ण उपस्थिति रहेकोले गाउँपालिकाले बिदा दिएको हो । गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी कार्यालय र शिक्षण संस्थाहरू बन्द रहने र गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले यस बारे विज्ञप्ति जारी गरेर जानकारी दिए ।




