रूपन्देही । सैनामैना नगरपालिका ३ सरौली बस्ने २५ वर्षीय सागर थापालाई १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले घटनाको जानकारी प्राप्त हुने बित्तिकै इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको थियो र सागर थापालाई पक्राउ गरेको हो । यस घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




