गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका ६ मा बिहीबार बेलुका स्कुटर दुर्घटना हुँदा भिरबाट खोलामा खसेका दुई जनाको मृत्यु भएको छ । लु १७ प १६४४ नम्बरको स्कुटर बेलुका पाँच बजेतिर दुर्घटना हुँदा चन्द्रकोटका ४० वर्षीय किरण थापा र ३२ वर्षीय विनोद विक भिरबाट झन्डै दुई सय मिटर तल सिस्ने खोलामा खसेका थिए ।
जिल्ला प्रहरी प्रमुख एसपी राजन भुजेलका अनुसार स्कुटर सडकछेउमै पल्टिए पनि त्यसमा सवार दुवै जना च्युरेनी भिरबाट खोलामा खसेका थिए । ‘दुवै जना सिस्ने खोलामा पानीमा तैरिरहेको अवस्थामा भेटिए । अस्पताल पुर्याएपछि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरे,’ एसपी भुजेलले बताए । घटनाको कारण बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




