सप्तरी । कञ्चनरूप नगरपालिका ८ कञ्चनपुर बजारस्थित न्यू महालक्ष्मी ज्वेलर्सबाट बिहीबार बिहान करिब ४२ लाख रूपैयाँ बराबरका सुन र चाँदीका गरगहना चोरी भएको छ ।
चोरीमा संलग्न व्यक्तिहरू फरार रहेका छन् । प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी गर्दै अनुसन्धान अघि बढाएको जनाएको छ । यस सम्बन्धमा थप जानकारी जुटाइरहेको प्रहरीले जनाएको छ ।




