रौतहट । रौतहटको मौलापुर नगरपालिकाले नगरवासीहरूको विद्युत महसुल बापत दुई करोड रुपैयाँभन्दा बढी रकम नेपाल विद्युत प्राधिकरणलाई बुझाएको छ । नि:शुल्क विद्युत र पानीको कार्यक्रम अन्तर्गत नगरवासीहरूले बुझाउने विद्युत महसुलको रकम प्राधिकरणमा हस्तान्तरण गरिएको हो ।
मेयर रिना कुमारी साहको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले शुक्रबार ३५ लाख रुपैयाँ बराबरको चेक नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रका आय प्रमुख सुरेश प्रसाद चौधरीलाई हस्तान्तरण गरेका थिए ।
सालको पुस, माघ र फाल्गुन महिनामा घरायसी र कृषि विद्युत मिटरहरूको महसुल भुक्तानी गरिने जानकारी प्राप्त भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा मौलापुर नगरपालिकाले नेपाल विद्युत प्राधिकरणलाई २ करोड २० लाख रुपैयाँ विद्युत महसुल बापत बुझाएको अधिकृत साहले बताएका छन् ।
नयाँ विद्युत मिटर जडान गरेका उपभोक्ताहरूलाई नागरिकता र ग्राहक नम्बरसहित निवेदन गरेर नि:शुल्क ग्राहक सूचीमा समावेश हुनको लागि नगरपालिकाले आग्रह गरेको छ । मेयर रिना कुमारी साहको नेतृत्वमा मौलापुर नगरपालिका विद्युत र पानी जस्ता सेवाहरूलाई निःशुल्क बनाउन सफल भएको छ ।




