काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ७ स्थित मुलपानीमा गएराति एक दम्पत्ति माथि गोली प्रहार भएको छ । गोली प्रहारमा परेका अर्जुन श्रेष्ठ र शान्ति देवी श्रेष्ठलाई घाइते अवस्थामा अस्पताल पुर्याइँदा अहिले उनीहरूको उपचार चलिरहेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, घटनामा संलग्न ३७ वर्षीय साहिर शंकरलाई प्रहरीले पक्राउ गरेको छ । शंकर खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ का निवासी हुन् ।
पक्राउ गर्दा शंकरको साथबाट १ थान अटोमेटिक पेस्तोल र ९ राउन्ड गोली बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । प्रारम्भिक अनुसन्धान अनुसार, शंकरले परिवारिक रिसइबीको कारण दम्पत्तिमाथि गोली प्रहार गरेको पुष्टि भएको छ ।
शंकर र दम्पत्तिको बीचमा केही विवाद रहेको र प्रतिकारको क्रममा शंकर पनि घाइते भएका छन् । घाइते शंकर र दम्पत्तीलाई ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरी घटनाको विस्तृत अनुसन्धानमा जुटेको छ ।




