धनुषा । जनकपुरधाम उपमहानगरपालिका १६ महुवा टोलस्थित महुवा महादेव मन्दिर नजिकै सोमबार बिहान एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । मृतकको पहिचान सोही उपमहानगरपालिका १६ कपिलेश्वरका ७० वर्षीय नरेश यादवका रूपमा भएको छ ।
यादवको शव बाटो छेउमा फेला परेको स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए । प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि जनकपुरधाम प्रादेशिक अस्पतालमा पठाएको छ ।
मृत्युको कारण खुल्न सकेको छैन भने घटना बारे थप अनुसन्धान भइरहेको जनाइएको छ । स्थानीयले वृद्धको मृत्युले शोक व्यक्त गर्दै यस्ता घटनाको छानबिन गरी आवश्यक सुरक्षा व्यवस्था गर्न आग्रह गरेका छन् ।




