बुटवल । बुटवल उपमहानगरपालिका १८ सौराहा स्थित सडकमा सोमबार दिउँसो लु २६ प ६३०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेपछि चालक २२ वर्षीय डोलराज थारूको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका थारूलाई उपचारको लागि क्रिमसन हस्पिटल मणिग्राम ल्याइएको थियो, जहाँ उनको मृत्यु भएको जानकारी प्राप्त भएको छ । प्रहरीले घटना स्थलमा पुगेर थप अनुसन्धान सुरु गरेको जनाएको छ ।




