वीरगंज । पर्सागढी नगरपालिका ८ हरपुरमा शनिबार बेलुकी वेवारिसे अवस्थामा रहेको एक थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय एकटाँगाबाट खटिएको प्रहरी टोलीले हरपुर क्षेत्रको बाटो छेउमा छोडिएको उक्त बन्दुक फेला पारेको हो । प्रहरीले बन्दुक बरामद गरी घटना बारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




