मकवानपुर । मकवानपुरको मनहरीमा बसको ठक्करबाट आइतबार दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मनहरी बिलिभर्स इङ्लिस बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा २ वर्षिया बालिकाको मृत्यु भएको हो ।
मनहरी गाउँपालिका ६ नयाँबस्तीस्थित भित्री सडकमा मनहरी बजारबाट नयाँबस्तीतर्फ जाँदै गरेको ना १ क ९२५० नम्बरको बसले सोही वडाकी २ वर्षीया पूजा थिङलाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।
बसको ठक्करबाट गम्भीर घाइते थिङलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालक मकवानपुर मनहरी गाउँपालिका ७ बिजौनाका चन्द्रबहादुर तामाङलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ ।




