कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका २, बड्हरा पुल नजिक सोमबार बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बा प्र ०३-००१ ख २२२० नम्बरको ट्रकले लु ९१ प ३१४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बुद्धभूमि नगरपालिका २, गोरूसिंगे निवासी २० वर्षीय अर्जुन थारू गम्भीर घाइते भएका थिए ।
घाइते थारूलाई तत्काल जिल्ला अस्पताल तौलिहवामा उपचारका लागि लगिएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




