सप्तरी । तिलाठी कोईलाडी गाउँपालिका ५ मण्डल टोलमा सोमबार बिहान पोखरीमा डुबेर २ वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीय कमल मण्डलकी छोरी साक्षी मण्डल घर नजिकै खेलिरहेका बेला दुर्घटनावश पोखरीमा खसेर डुबेको बताइएको छ ।
परिवारले फेला पारेपछि उनलाई उद्धार गरेर नजिकैको स्वास्थ्य संस्थामा पुर्याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । प्रहरीले घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




