काठमाडौं । काठमाडौं महानगरपालिका २६ गोंगबुस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । धर्म महर्जनको घरमा जुवातास खेलिरहेको सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको टोलीले मंगलबार बेलुकी जनक मानन्धरसहित ९ जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकाको साथबाट नगद ५५ हजार ५ सय रुपैयाँ र ६ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको छ ।




