झापा । झापामा बोलेरो र अटो आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका ४ की २७ वर्षीया अमृता तामाङ रहेकी छिन् । बुद्धशान्ति गाउँपालिका ४ हापेन चोकमा सोमबार बिहान प्र १-०१-००१ ज ३८५१ नम्बरको बोलेरो र प्र १-०१-००२ ह ३६३ नम्बरको अटो ठोक्किँदा उनी गम्भीर घाइते भएकी थिइन् ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरो चालक र अटोमा सवार दुई जना घाइते छन् । उनीहरूलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




