लमजुङ । बेसीशहर नगरपालिका ८ स्थित सन्जु गुरूङको रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा लमजुङ प्रहरीले शनिबार बेलुकी ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका ११ का ४१ वर्षीय अजित बस्नेत समेत रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १२ हजार ६ सय २० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ ।






