बाँके । जिल्ला बाँके, बैजनाथ गाउँपालिका ८ बिच लाइनमा झगडा हुँदा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गर्ने आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार २०७९ माघ १५ गते राति ११:२० बजे विवादका क्रममा युवक सुवास बुढाथोकीमाथि धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते बनाइएको थियो ।
उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज पुर्याइएका उनको उपचारकै क्रममा बिहान ३:०० बजे मृत्यु भएको थियो । घटनापछि अनुसन्धान अघि बढाएको प्रहरीले बैजनाथ गाउँपालिका तथा आसपासका क्षेत्रबाट संलग्न रहेको आशंकामा निम्न ६ जनालाई नियन्त्रणमा लिएको छ;
१) बैजनाथ गाउँपालिका २, बाँकेकी मनीष राना (२०)
२) बैजनाथ गाउँपालिका ६, बाँकेका राम बहादुर राना (२४)
३) बैजनाथ गाउँपालिका ६, बाँकेका भिजन नेपाली (१८)
४) शिवालय गाउँपालिका ७, जाजरकोटका हिम बहादुर बुढा (१९)
५) बबई गाउँपालिका ६, दाङका अमृता डाँगी (२७),
६) बैजनाथ गाउँपालिका ८, बाँकेका सुजन बुढा (१८)
पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।




