रुकुम पूर्व । भूमे गाउँपालिका ४ साकिममा दुई जनाको हत्या भएको छ । हत्या अभियुक्तलाई खोज्दै जाँदा उनको पनि शव फेला परेको प्रहरीले जनाएको छ ।
साकिमका अन्दाजी ५१ वर्षी चन्द्रसिंह पुनले सोही ठाउँका ६० वर्षीया ढाटी बुढा र निजका नाति ८ महिनाका समिर बुढालाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ ।
मंगलबार दिउँसो ३ बजेको समयमा पुनले घरमै गएर हत्या गरेको पुष्टि भएपछि खोज्दै जाँदा उनी समेत सोही ठाउँको खुलखुले खोलामा मृत भेटिएको प्रहरीले जनाएको हो । प्रहरीले घटना बारे अनुसन्धान गरिरहेको जनाएको छ ।




