नवलपरासी । नवलपरासी पूर्वको कावासोती नगरपालिका १४ गोरसदी तल्लोडण्डा भित्री सडकमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
शनिबार बिहान लु १८ प ७४ नम्बरको मोटरसाइकल डण्डाबाट कोल्हुवातर्फ जाँदै गर्दा ६४ वर्षीय मान बहादुर कार्कीलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका कार्कीको प्रादेशिक अस्पताल डण्डामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस दुर्घटनामा मोटरसाइकल चालक समेत घाइते भएका छन्, जसको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरी घटना बारे थप अनुसन्धान गरिरहेको छ ।




