रूपन्देही । रूपन्देहीमा आइतबार बेलुकी भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सियारी गाउँपालिका ६ सर्जुगंजस्थित सडकमा सर्जुगंजदेखि अमुवातर्फ जाँदै गरेको लु ६३ प ६०४६ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेर चालक ५० वर्षीय दुर्गा बहादुर खत्रीको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । त्यस्तै, रोहिणी गाउँपालिका ३ परासीझुंगास्थित सडकमा भैरहवाबाट परासीतर्फ जाँदै गरेको लु ९२ प ८२४७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेर ५० वर्षीय रामअधारे रायको मृत्यु भएको छ ।
गम्भीर घाइते भएका रायलाई भीम अस्पताल भैरहवामा उपचारका लागि लगिएको थियो भने उपचारकै क्रममा उनको ज्यान गएको हो । यस दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।




