बीबीसी । पश्चिम बंगालमा ग्यास सिलिन्डर लिक भएर भएको विस्फोटमा सात जनाको मृत्यु भएको छ । सोमबार राति पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको पाठर प्रतिमामा रहेको एक घरमा ग्यास सिलिन्डर लिक हुँदा विस्फोट भएको थियो ।
एक वरिष्ठ प्रहरी अधिकारीले घटनामा मृत्यु हुनेमा चार बालबालिका र दुई महिला छन् । घाइतेलाई उद्धार गरी अस्पतालमा भर्ना गरिएको प्रहरीले बताएको छ ।




