१. देशका कनिष्ठदेखि वरिष्ठ सम्पादकहरु, पत्रकारहरु, विद्वान बुद्धिजीवीहरु (?), ठूला पार्टी र तिनीहरुका नेताहरुलाई के कुरा साचो र झुटो हो केहि कुराको मतलब छैन ।
उनीहरुका सबै कुराहरु कौडीको मूल्यमा मात्र हैन कि विदेशीको दासतामा लगाउन मात्र पाए पनि खुसि छन् । त्यसैले यहाँ ६ महिनादेखि १ वर्षमा सरकार परिवर्तन हुने गर्छ । प्रत्येक पटक सरकार परिवर्तनसँगै देशका (नेपालको) साधन स्रोत हाम्रो नै घाटी समात्ने गरि विदेशीको पोल्टामा पुग्ने गर्छन् ।
२. देशका वरिष्ठ सम्पादक, पत्रकार, बुद्धिजीवी, ठूला पार्टी र तिनीहरुका नेताहरुलाई आफ्नो मात्र चिन्ता छ । उनीहरु विशेष गरि पहाडी मुलका वंशजका आधारमा नेपाली नागरिकता धारी वास्तविक रुपले नक्कली नागरिक हुन् ।
तिनीहरु तराइदेखि तिब्बतका सिमा नजिकका झुपडीहरुमा हैन नेपालको नक्कली सत्ताको वरिपरि घुम्दै, सक्कली राज्य सत्ताको दोहन गरिरहेका छन् । त्यसैले देश निर्माण गर्ने वास्तविक शक्ति अहिले नेपालको सत्तामा हैन नक्कली सत्ताको झातोमुनी पिल्सिरहेका छन् ।
३. सामान्य जनतालाई मात्र देशको चिन्ता छ । तर अचम्मको कुरा त के छ भने तिनै देशद्रोहीहरुले (नक्कली नागरिकहरु) सामान्य जनताहरुलाई सजिलै विभाजित गरि कतै वाह-वाह त कतै छि-छि र दुर-दुर गराउन सफल भैरहेका छन् । अर्थात् हामी तिनीहरुको अनेक प्रकारका जाली कुराहरु सुनेर वा जानेर पनि विभाजित छौ !
४. कैयौ पटक हामीसँग विकल्पहरु आए । तर हामीले त्यसको सहि सदुपयोग गरेनौ वा गर्न सकेनौ । यहि विभाजन हाम्रो अभिसाप हो । जबसम्म हामी यो अभिसापमा अभिसप्त भैरहने छौ, तब सम्म देश बन्ने छैन ।
५. नेपाल किन बनेन हैन कि, नेपाल कहिले बन्छ भनेर सोच्न जबसम्म सुरु गर्दैनौ, तबसम्म देश अझ रसातल तिर नै जाने छ ।
६. आफ्नै नक्कली नेताको चक्रब्युमा फसेको देशको नागरिक हुनुभन्दा तिनीहरुका विरुद्द जेहाद छेड्नु सजिलो र गौरवपूर्ण हुने गर्दछ । कार्लमार्सले भने जस्तै (संयोगले आज उनको जन्म दिन पनि हो । ५ मे १८१८ जर्मनी, १४ मार्च १८८३ ) हामीले गुमाउने कुरा केहि छैन तर जित्नको लागि सिंगो नेपाल छ । सिंगो नेपालको निम्ति उठौ ।
अस्तु ।






