नवलपरासी । जिल्ला अदालत परासीमा कार्यरत कम्प्युटर अपरेटरलाई सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको अवस्थामा नियन्त्रणमा लिइएको छ । लागूऔषध सम्बन्धी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका एक सेवाग्राहीलाई छुटाइदिन सहयोग गर्ने भन्दै रकम मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।
पक्राउ पर्ने व्यक्ति जिल्ला अदालत परासीमा कार्यरत कम्प्युटर अपरेटर हुन् । उनीमाथि सेवाग्राहीसँग रु. २,००,००० (दुई लाख) घुस रकम लिइसकेको अवस्थामा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पाल्हीनन्दन गाउँपालिका ३ बेलासपुर चोकबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान अघि बढाइएको छ ।
घटनासँग सम्बन्धित थप तथ्य संकलन तथा अनुसन्धान प्रक्रिया जारी रहेको जनाइएको छ । अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार सार्वजनिक पदको दुरुपयोग गरी घुस लिने कार्यप्रति आयोग गम्भीर रहेको र कानुनी कारबाही अघि बढाइनेछ । यस विषयमा थप अपडेटहरू आउन बाँकी छन् ।




