रूपन्देही । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका १३ शान्तिनगरमा डेरा गरी बस्ने एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । भारत उत्तर प्रदेश दराम उसका बजार घर भएका ३५ वर्षीय रामसेवक विश्वकर्माको आइतबार बेलुकी मृत्यु भएको हो ।
आफ्नै कोठामा सिलिङ पंखाको तार जोड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनलाई उपचारका लागि भीम अस्पताल भैरहवा लगिएको थियो । तर, उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।




