कपिलवस्तु । कपिलवस्तुको महाराजगंज नगरपालिका ५ सिसवामा एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । स्थानीय सफायस अलिका १२ वर्षीय छोरा प्रबेज अलि मनिहारको सोमबार साँझ पोखरीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रहरीका अनुसार प्रबेज साँझको समयमा पोखरीमा नुहाउने क्रममा डुबेका थिए । स्थानीयले तत्काल उद्धार प्रयास गरेपनि उनको घटनास्थलमै मृत्यु भएको थियो । हाल घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




