बाबुआमा विदेशमा कमाउने
छोराछोरी घरमा रमाउने
बाबुआमा भविष्यको सुखको खोजमा
छोराछोरी विलासिताको मोजमा
आधुनिकताले खै के सिकायो ?
देखासिकीले आज यो दिन देखायो
आमाको काखमा हुनुपर्ने छोरो
होस्टलमा आफ्नो बाल्यकाल बितायो ।
आमाबाबु र सन्तान बिचको माया
विदेशी जीवनको दुरीले घटायो
आमाको मायाको अनुभवसम्म छैन सन्तानमा
अनि – अनि पैसाले सबथोक बिर्सायो ।
आज समय हुन्न सन्तानका लागि
भोलि समयले साथ दिन्न हाम्रो लागि
आज बाबुआमाले होस्टल देखाउँछन्
भोलि तिनै छोराछोरीले वृद्धाश्रम देखाउँछन् ।
अनि के कमाएम, हामीले के गुमाएम
अन्त्यमा जस्ताको तस्तै भएम
छोरीलाई डि एस एल क्यामेरा
छोरालाई पल्सर ।






