विद्या भण्डारीको पार्टी राजनीतिमा पुन: सक्रिय हुने घोषणाले त्यहाँ भित्रको एउटा समुह झसङ्ग, खङ्ग्रङ, ह्वांग, ट्वाँङ र हावाकावा भएको छ । फेरि त्यही पार्टी भित्रको अर्को विशाल पंक्तिमा नयाँ रक्त सञ्चार पैदा भएको छ । पार्टी र सरकारलाई समेत बदनाम गराउने बुढो गोरु किनारा लाग्नेछन् भन्ने आशा गर्दैछन् ।
त्यति मात्र होइन, पार्टी बाहिरका लगभग समान सिदान्त विचार वा कार्य नीति आदि इत्यादि भएका गुट उपगुट समुह र पार्टी एकै ठाउँमा ल्याउने, उनको उद्देश्य रहेको घोषणा गरेबाट स्वत: बुझ्न सकिन्छ कि उनको इन्ट्रीले नयाँ माहोल खडा गरी सकेको छ ।
यसै बिचमा एक जना भूपू पिएमले (जो आफु कैयौ पटक पिएम भए र अझै पालो कुरेर बसेका छन्), उनका बिरुद्द दिएको अभिव्यक्तिले प्रस्ट गर्दैछ कि, विद्याको पार्टी राजनीति भुराजनीतिसँग जोडिएको सवाल हो । सामान्य प्रकारको पार्टी प्रवेशको विषय होइन ।
अब उनी देशी विदेशी शक्ति केन्द्रको तारो बनिसकेकी छन् । त्यसलाई रोक्नु उनीहरूको प्रमुख उद्देश्य हो । यसका पछाडि थुप्रै कारणहरू छन् ।
निकट भविष्यमा उनलाई जे जसरी भएपनि, पार्टी अध्यक्ष र संभावित नेपालको प्रधानमन्त्री हुनबाट रोक्नको निम्ति देशी विदेशी सबै शक्तिहरू लाग्ने छन् । त्यसको लागि जुन सुकै हर्कत हुने नै छ ।
बरु यो कुरामा इन्डियाले के गर्छ होला, त्यो अझै प्रष्ट भएको छैन । सायद पर्ख र हेरको अवस्थामा छ होला । वा मलाई थाहा नभएको पनि हुन सक्छ । तर अरु शक्तिहरूको संकेत आइसक्यो । उनीहरू रोक्ने पक्षमा उभिन सुरु गरिसके ।
उनको इतिहास देशद्रोही छैन । बरु पछिल्ला वर्षहरूमा झन झन निखारिदै आएको थियो । २०७९ असार वा साउन तिर उनी समक्ष पेश गरिएको नागरिकता विधेयक अस्वीकृत गरिन् । एमसीसी विधेयक पहिले नै अस्वीकृत गर्ने इशारा दिनु, त्यसैले संसदबाट पास गरेको एमसिसी, विद्याको समक्ष पेश गरिएन । आजको मितिसम्म लालमोहर लगाइएको छैन ।
आफू पदीय दायित्व मै रहँदाको समयमा, स्पष्ट रूपमा तत्कालीन पिएमको राय विपरीत चाईना तिर नयाँ सम्झौताको पहल गरिन् । उनको आफ्नै स्वभाव अर्थात् अरूले झट्ट पेन्डुलम बनाउन नसक्ने प्रकारको (आफ्नै मान्यतामा रहने) रहेको हुँदा, जहाँ त्यही, जुन सुकै विषयमा झुकाउन नसकिने प्रकारको रहेको हुँदा आगामी दिनमा यहाँको भुराजनीति हिसाबले, उनी काँडा बनेर उभिन सक्ने सम्भावना छ ।
यसरी उनले नेपाल पक्षमा खुट्टा नकमाई उभिन सक्ने सम्भावनलाई समय मै रोक्नको निम्ति पनि, उनी माथि भौतिक आक्रमण हुन सक्ने देखिन्छ । मदन भण्डारी, श्री ५ वीरेन्द्र र शुसिल कोइराला समेत (अर्जुन ज्ञवाली: कोइरालाका भान्जाका अनुसार) मारिन सक्ने देशमा, यिनको सुरक्षा नहुनु कुनै आश्चर्यको विषय हुने छैन ।
सम्बन्धितले, उनको सुरक्षा मेरो वा हाम्रो अन्डरमा रहेन, सरी, भन्यो भने त सबै खेला सकियो ! अहिले सम्म त्यही हुँदै आएको पनि देखिन्छ । हेरौं, उनको हकमा के हुन्छ ।
अस्तु ।
ए पोख्रेल ।






