सर्लाही । सर्लाहीको हरिवन नगरपालिका २ पाकड गाछीस्थित सडकमा आइतबार राति मोटरसाइकलको ठक्करबाट दुई वर्षीय रियान्स महतोको मृत्यु भएको छ ।
म प्र ०२-००८ प २७५३ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते भएका रियान्सलाई नेशनल मेडिकल कलेज वीरगंजमा भर्ना गरिएको थियो, जहाँ उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनका पिता जितेन्द्र महतो, हरिवन नगरपालिका २ अत्रौली टोलका स्थायी बासिन्दा हुन् । प्रहरीले मोटरसाइकल चालकलाई खोजी गरिरहेको छ र फरार चालकलाई पक्राउ गर्न कडा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




