सर्लाही । सर्लाहीको बागमती नगरपालिका १२ भरत तालस्थित सडकमा म प्र ०३-०३१ प ४९२३ नम्बरको मोटरसाइकललाई ज ११ प ५५०५ नम्बरको मोटरसाइकलले ठक्कर दिई सोमबार दिउँसो दुर्घटना हुँदा म प्र ०३-०३१ प ४९२३ नम्बरको मोटरसाइकलमा सवार बारा कोल्हवी नगरपालिका ९ बस्ने ४२ वर्षीया ईनरवती देवी चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको हाईबे ट्रमा सेन्टर चन्द्रपुर रौतहटमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका म प्र ०३-०३१ प ४९२३ नम्बरको मोटरसाइकलमा सवार मध्ये १ जनाको सोही अस्पतालमा र १ जनाको बागमती मोडेल अस्पताल कर्मैयामा उपचार भइरहेको छ ।
ज ११ प ५५०५ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




