सप्तरी । सप्तरीमा छुट्टाछुट्टै पोखरीमा डुबेर सोमबार दुई जनाको मृत्यु भएको छ । सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर बस्ने १८ वर्षीय राजा चौधरीको सोही नगरपालिका ६ स्थित सार्वजनिक पोखरीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ ।
डुबेर अशक्त भएका उनको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । यसैगरी सप्तरीको एक पोखरीमा डुबेर ७२ वर्षीया वृद्धाको मृत्यु भएको छ ।
अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ भुडकी सितापुर बस्ने ७२ वर्षीया सजनी सदाको सोही ठाउँस्थित पोखरीमा डुबेर सोमबार बिहान मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




