रौतहट । रौतहट जिल्लामा बिहीबार दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । रौतहटको यमुनामाई गाउँपालिका २ भेडियाही टोल बस्ने रामसोगारथ रामकी छोरी १६ महिनाकी प्रियान्सु कुमारी रामको आफ्नै घरमा नजिकै रहेको पानी जमेको खाल्डोमा डुबेर बिहीबार साँझ मृत्यु भएको हो ।
डुबेर अशक्त भएकी उनको सगरमाथा तराई हस्पिटल सुकदेवचोकमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै रौतहटको वृन्दावन नगरपालिका ३ पिपरा बस्ने ३० वर्षीय शेख अन्ताजुलको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ ।
आफ्नै घरमा रहेको कलमा जडान गरिएको विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको चन्द्रपुर प्रालि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




