सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका २ मानपुर ब्यारेज बस्ने जुगुल सहनीको काठ चिरान मिलमा आइतबार राति विद्युत सर्ट भएर आगलागी हुँदा करिब ३ लाख ५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यस्तै सप्तरीको सुरूङ्गा नगरपालिका १० थल्हा टोलस्थित बस्ने रामबाबु यादवको घरमा सञ्चालित श्रीराम जेनरल स्टोर, किराना पसल, औषधि पसल र हार्डवेयर पसलमा पनि आइतबार राति आगलागी हुँदा करिब १५ लाख ९५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको छ र दुवै घटनामा आवश्यक अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ ।






