मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा पारिवारिक सद्भावमा वृद्धि हुनेछ । उद्योग व्यापारमा लाभ रहनेछ । साताको मध्यमा शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । आँटेको कार्य सम्पादन गर्न सकिनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । साताको अन्तिममा शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । आम्दानीका नयाँ स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम गर्ने समय रहेको छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा धैर्य र परक्रमले अधिकार स्थापित गर्न सकिनेछ । भाग्यको साथ मिल्नाले जटिल काम पनि सजिलै सम्पादन गर्न सकिएला । साताको मध्यमा माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । जग्गा जमिनबाट लाभार्जन गर्न सकिएला । साताको अन्त्यमा सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ । साहित्य वा कलाको क्षेत्रमा निखार आउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा बोलिको माध्यमबाट कार्य सिध्द गर्न सकिनेछ । अभिव्यक्तिको कलामा निखार आउनेछ । साताको मध्यमा दाजुभाईमा आत्मीयता बढ्नेछ । भाइबहिनीको सहयोगले विशेष काम पूरा होला । साताको अन्तिममा मनमा विभिन्न प्रकारको भावना जागृत हुनेछ । अरुलाई सहयोग गरेर खुसी मिल्नेछ । कानूनी क्षेत्रमा पक्ष बलियो हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा मान सम्मानमा वृद्धि हुनेछ । प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ । साताको मध्यमा समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन् । वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला । साताको अन्तिममा अनुसन्धानको क्षेत्रमा सफलता मिल्नेछ । विभिन्न भौतिक संसाधन प्राप्त हुने योग छ । साताको अन्त्यमा व्यापार व्यवसायमा छोटो समयमा उचित प्रतिफल प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा पहिलाको सफलताले थप हौसला जगाउनेछ । आत्मविश्वासको कमीले गरेको काममा निखार नआउला । साताको मध्यमा काम बन्नुका साथै लाभदायी र मनोरञ्जनपूर्ण समय रहनेछ । रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । साताको अन्त्यमा संगीत वा लेखन कलामा सफलता मिल्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा व्यापार व्यवसायमा मनज्ञ लाभ उठाउन सकिनेछ । भविष्यको मानचित्र कोर्ने समय रहेको छ । साताको मध्यमा विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्न सक्छ । स्वास्थ्यलाई लिएर थकानको अनुभूति हुनेछ । साताको अन्तिममा कार्यक्षेत्रलाई लिएर आफन्तहरूबाट टाढिनुपर्ला । समाजमा प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा अधिकारी वर्गहरूबाट सहयोग प्राप्त हुनेछ । पिताको माध्यमबाट रोकिएको कार्य सम्पादन होला । साताको मध्यमा शेयर बजारबाट मनज्ञ लाभ आर्जन गर्न सकिएला । परिस्थितिवस उपलब्धिहीन कार्यमा समय बित्नेछ । साताको अन्तिममा वैदेशिक रोजगारमा सफलता मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा धार्मिक वा सांस्कृतिक कार्यक्रमहरूमा सहभागी भइएला । शिक्षालाई लिएर नयाँ अवसर मिल्नेछ । साताको मध्यमा सेवामुलक कामले प्रतिष्ठा बढाउनेछ । अधिकारी वर्गहरू हजुरको कामबाट सन्तुष्ट रहनेछन् । साताको अन्त्यमा पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । योजना अनुरूप कार्य गर्नुहोस्, सफलता मिल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । नोकरी वा पेशामा प्रतिस्पर्धीहरूको चलखेल बढ्नेछ । साताको मध्यमा दाम्पत्य जीवन सुमधुर रहनेछ । उठ्नुपर्ने रकम हातलागि हुनेछ । साताको अन्तिममा परिवारको साथ र सहयोगले आत्मबलमा वृद्धि हुनेछ । स्वास्थ्यलाई लिएर खानपिनमा सतर्कता अपनाउनुहोस् ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भ उपलब्धिमूलक समय रहनेछ । नयाँ अवसर प्राप्त हुनेछ । विद्यार्थीहरूको पठन पाठनमा मन लाग्नेछ । साताको मध्यमा लाभांश बढ्नुका साथै दिगो कार्य प्रारम्भ गर्न सकिनेछ । दोहोराएर प्रयत्न गर्दा अधिकांश फाइदा रहनेछ । मेहनतले भविष्यमा प्रतिष्ठा दिलाउनेछ । अरुलाई प्रभावित पारेर काम बनाउन सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा अनुसन्धान र रचनात्मक कार्य प्रति रुचि बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । साताको मध्यमा व्यापार व्यवसायमा जीवन साथीको सहयोग मिल्नेछ । सामाजिक दायित्व बढ्नुका साथै धेरैले कामको तारिफ गर्नेछन् । साताको अन्तिममा सवारी साधन चलाउँदा सावधान रहनुहोला । अरुलाई सल्लाह दिनबाट जोगिनुहोस् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ । साहित्य वा कलाको क्षेत्रमा निखार आउनेछ । साताको मध्यमा अरुको विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । स्वास्थ्यमा पेट सम्बन्धी समस्या देखिएला । शत्रुहरू सक्रिय रहनेछन् । साताको अन्तिममा व्यापार व्यवसायमा लगानी बढाउनको लागि सञ्चित रकम खर्च गर्नुपर्ला । श्रम परेपनि तारिफ योग्य काम गर्दै अरुको उपकार गर्न सकिनेछ ।




