मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा मनमा केही अस्थिरता देखिन सक्छ । आलस्यले गर्दा नियोजित कार्यमा समय लाग्ला । साताको मध्यमा सेवामूलक कामबाट मान प्रतिष्ठा बढ्नेछ । अध्ययन वा लेखनकला र कलात्मक क्षेत्रमा राम्रो सफलता प्राप्त हुनेछ । साताको अन्तिममा नौकरी वा पेशामा अधिकारी वर्गहरुबाट प्रशंसा पाइएला कानुनी मुद्दा मामलाहरू सुल्झिनेछन् ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा दाम्पत्य जीवनमा असमझदारीको वातावरण निर्मित होला, सावधान रहनुहोस् । व्यापार व्यवसायमा प्रशिक्षण अनुसार सफलता मिल्नेछ । साताको मध्यमा अनुसन्धान र रचनात्मक कार्यतर्फ मन जानेछ । स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ । साताको अन्तिममा धार्मिक तथा सांस्कृतिक संघ समारोहमा सम्मलित भइएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा नोकरी वा पेशामा कामको प्रशंसा हुनेछ । वित्तीय वा सहकारी संस्थाबाट लाभ प्राप्त गर्न सकिएला । साताको मध्यमा व्यापार व्यवसायमा मनज्ञ लाभ रहनेछ । प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ । साताको अन्तिममा अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । आध्यात्मिक ज्ञानलाई निखार्ने समय रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा योजनाबद्ध ढंगले कार्य गर्दा सफलता मिल्नेछ । यात्राको अवसर देखा पर्न सक्छ । साताको मध्यमा सामाजिक काममा रुचि बढ्नेछ । विद्यार्थीहरूको तार्किक क्षमतामा वृद्धि हुनेछ । साताको अन्तिममा कार्यक्षेत्रमा नयाँ उपलब्धिले थप उत्साह जगाउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा प्रेम र मित्रताको बन्धन कसिनेछ । स्वास्थ्यमा कमजोरीले गर्दा कार्यक्षेत्रमा बाधा आउनेछ । साताको मध्यमा शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । रोकिएको कामले गति लिनेछ । यात्रा गर्दा सावधान रहनुहोस् । सन्तानको सहयोगले व्यापार व्यवसायमा लाभको स्थिति निर्माण हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा महत्वपूर्ण योजनाहरू पूरा हुनेछन् । गोपनीय कार्यहरूमा सफलता मिल्नेछ । साताको मध्यमा आफन्तहरूसँग मधुर सम्बन्ध स्थापित हुनेछ । स्वास्थ्यमा चिसोबाट जोगिने प्रयास गर्नुहोला । साताको अन्तिममा कार्यक्षेत्रमा विपरीत परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ । राजनीतिक क्षेत्रमा जनसमर्थन प्राप्त हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा साहित्य र कलाको क्षेत्रमा सफलता मिल्नेछ । आकस्मिक व्यापार बढाउन संचित रकम खर्च गर्नुपर्ला । साताको मध्यमा प्रशासनिक वा सरकारी कामकाजमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा नयाँ सम्झौताहरू गर्नुपर्ला । विलासिताको वस्तुहरूमा फजुल खर्च बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा साझेदारी व्यापारबाट लाभ मिल्नेछ । साताको मध्यमा विवादास्पद समस्याहरू सुल्झिनेछ । सञ्चारको माध्यमबाट राम्रो अवसर फेला पार्न सकिनेछ । साताको अन्तिममा घर परिवारसँग संवादमा सुधार आउनेछ । भाइबहिनीहरू मध्य सोहार्दको भावना बढ्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा लापरवाहीले गर्दा हातमा आएको अवसर गुम्ला सावधान रहनुहोस् । आत्मविश्वासमा कमी आउनेछ । पहिलाका कमी कमजोरीलाई सुधार्ने अवसर रहेको छ । साताको अन्तिममा चुनौती पन्छ्याउँदै नयाँ कामको जग बसाउन सकिनेछ । योजनाहरूलाई गुप्त राख्ने प्रयास गर्नुहोस् ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा आशावादी बनेर अगाडि बढ्नुहोस्, सफलता मिल्नेछ । सामाजिक हितमा केही राम्रो कार्य गर्न सकिनेछ । साताको मध्यमा बैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । कामको चापबाट मुक्ति मिल्नेछ । साताको अन्तिममा समाजमा मान प्रतिष्ठा बढ्नेछ । पिताको सहयोगले आँटेको काम बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भम कार्य क्षेत्रमा हजुरको कार्यको प्रशंसा हुनेछ । घर परिवारमा प्रशन्नतापूर्ण वातावरण निर्माण हुनेछ । साताको मध्यमा व्यापारी वर्गहरूलाई नयाँ अनुबन्ध मिल्ने संकेत छ । साताको अन्तिममा स्वास्थ्यलाई लिएर खानपिनमा ध्यान दिनुहोस् । भावनामा आएर कुनै पनि कार्य र निर्णय नलिनुहोला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा कार्य क्षेत्रमा योग्यताको उचित मूल्यांकन हुनेछ । सहयोगीहरुको साथ मिल्नाले कार्य समयमा सम्पादन हुनेछ । साताको मध्यमा बोलीको प्रभावले कार्य सिद्ध हुनेछ । आफन्तहरू मध्य आत्मीयता बढ्नेछ । साताको अन्तिममा रोकिएको कार्य पुन: प्रारम्भ हुनेछ । आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् ।




