मेष राशि
साताको सुरुवात लाभदायी रहनेछ। व्यापार–व्यवसायबाट आम्दानी बढ्नुका साथै दाजुभाइको सहयोग प्राप्त हुनेछ। मंगलबार र बुधबार अनावश्यक यात्रा तथा खर्च बढ्न सक्छ। बिहीबारदेखि समय अनुकूल बन्नेछ। पारिवारिक तथा प्रेम सम्बन्ध सुमधुर रहनेछ भने विद्यार्थीका लागि पनि समय सकारात्मक रहनेछ।
वृष राशि
यो साता उपलब्धिमूलक रहने देखिन्छ। नोकरी तथा व्यवसायमा सफलता मिल्नेछ भने साझेदारीका कार्यबाट लाभ हुनेछ। अध्ययन, सामाजिक तथा आध्यात्मिक क्षेत्रमा प्रगति हुनेछ। बिहीबार र शुक्रबार खर्च वृद्धि, स्वास्थ्य समस्या तथा विवादको सम्भावना रहेकाले सतर्कता अपनाउनु उपयुक्त हुनेछ।
मिथुन राशि
मिथुन राशिका लागि यो साता शुभ रहनेछ। सामाजिक प्रतिष्ठा बढ्नुका साथै व्यापार–व्यवसायबाट राम्रो आम्दानी हुनेछ। लगानीअनुसार प्रतिफल प्राप्त हुने देखिन्छ। पारिवारिक तथा प्रेम जीवन सुखद रहनेछ। शनिबार भने केही चुनौतीपूर्ण रहन सक्छ।
कर्कट राशि
साताको सुरुवातमा स्वास्थ्य, खर्च तथा विवादका विषयले चिन्ता बढाउन सक्छन्। मंगलबारदेखि परिस्थिति अनुकूल बन्दै जानेछ। रोकिएका काम पूरा हुनेछन् र आर्थिक लाभका अवसर प्राप्त हुनेछन्। प्रेम, पारिवारिक जीवन तथा अध्ययन क्षेत्रमा सकारात्मक परिणाम मिल्नेछ।
सिंह राशि
सामाजिक प्रतिष्ठा वृद्धि हुनुका साथै आर्थिक अवस्था सबल रहनेछ। व्यापार–व्यवसायबाट लाभ हुनेछ र परिवारको साथ–सहयोग प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखद रहनेछ। मंगलबार र बुधबार केही सावधानी अपनाउनु आवश्यक देखिन्छ। विद्यार्थीले अध्ययनमा बढी ध्यान दिनुपर्नेछ।
कन्या राशि
यो साता कन्या राशिका लागि शुभ रहनेछ। आर्थिक अवस्था सुदृढ हुनेछ भने साथीभाइको सहयोगले महत्त्वपूर्ण काम सम्पन्न हुनेछन्। व्यापार–व्यवसायमा सकारात्मक परिणाम मिल्नेछ। पारिवारिक तथा प्रेम सम्बन्ध सुमधुर रहनेछ। बिहीबार र शुक्रबार तुलनात्मक रूपमा कमजोर दिन रहनेछन्।
तुला राशि
सिर्जनात्मक क्षमता र बौद्धिक क्रियाकलापमा वृद्धि हुनेछ। व्यापार–व्यवसायबाट लाभ प्राप्त हुनेछ, विशेषगरी कृषि तथा पशुजन्य क्षेत्रमा सफलता मिल्ने देखिन्छ। सन्तानबाट सुख प्राप्त हुनेछ। प्रेम, पारिवारिक जीवन तथा अध्ययनका लागि यो साता अनुकूल रहनेछ।
वृश्चिक राशि
साताको सुरुवातमा पारिवारिक झन्झट र कार्यमा अवरोध आउन सक्छ। मंगलबारदेखि अवस्था सुधार हुँदै जानेछ। नोकरी तथा व्यवसायमा सफलता मिल्नेछ। प्रेम सम्बन्धमा विश्वास र समझदारी बढ्नेछ। अध्ययन तथा प्रतिस्पर्धात्मक क्षेत्रमा पनि राम्रो प्रगति हुनेछ।
धनु राशि
साहस र आत्मविश्वास बढ्नेछ। साथीभाइको सहयोग प्राप्त हुनुका साथै व्यापार विस्तारका अवसर मिल्नेछन्। नोकरीमा नयाँ अनुभव हासिल गर्ने अवसर प्राप्त हुनेछ। प्रेम तथा पारिवारिक जीवन सुखद रहनेछ। मंगलबार र बुधबार केही सावधानी अपनाउनु उचित हुनेछ।
मकर राशि
बोली र अभिव्यक्ति क्षमताको प्रभाव बढ्नेछ। व्यापार–व्यवसायबाट लाभ प्राप्त हुनेछ भने दाजुभाइको सहयोग मिल्नेछ। पारिवारिक जीवन सुखद रहनेछ र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। विद्यार्थीका लागि समय अनुकूल रहनेछ। बिहीबार र शुक्रबार केही चुनौतीपूर्ण रहन सक्छन्।
कुम्भ राशि
मान–सम्मान र प्रतिष्ठा बढ्नेछ। व्यापार–व्यवसायबाट राम्रो मुनाफा आर्जन हुनेछ भने नोकरीमा कामको उचित मूल्याङ्कन हुनेछ। परिवारको सहयोग प्राप्त हुनेछ। अध्ययन–अध्यापनमा सफलता मिल्नेछ। प्रेम सम्बन्धमा सामान्य मतभेद देखिए पनि ठूलो समस्या आउने सम्भावना छैन।
मीन राशि
आइतबार र सोमबार अनावश्यक यात्रा, खर्च तथा चिन्ता बढ्न सक्छ। मंगलबारदेखि अवस्था सुधार हुनेछ। परिश्रमको उचित प्रतिफल प्राप्त हुनेछ र आम्दानी बढ्नेछ। स्वास्थ्य अवस्था राम्रो रहनेछ। प्रेम, पारिवारिक सम्बन्ध तथा व्यापार–व्यवसायमा सफलता मिल्नेछ। विद्यार्थीका लागि पनि यो साता शुभ रहनेछ।




