मेष राशि
आजको दिन अनुकूल रहनेछ । अवरोध हट्नेछन्, सहयोग प्राप्त हुनेछ । व्यवसायिक क्षेत्रमा लाभ हुने संकेत छ । नयाँ योजनाहरू प्रारम्भ गर्ने अवसर जुर्न सक्छ ।
वृष राशि
स्वास्थ्यमा सुधार आउनेछ । रोकिएको धन प्राप्त हुने सम्भावना छ । मेहनत अनुरूप सफलता पाइनेछ । परिवार तथा मित्रको सहयोगले आत्मबल उच्च रहनेछ ।
मिथुन राशि
मिश्रित दिन रहनेछ । स्वास्थ्यसम्बन्धी समस्या देखिन सक्छ, जसले कार्य क्षमता प्रभावित पार्न सक्छ । यद्यपि ढिलाइ भएपनि व्यवसायिक क्षेत्रमा परिणाम लाभदायक रहनेछ ।
कर्कट राशि
समस्याहरू दोहोरिन सक्ने संकेत छ । कार्य समयमा सम्पन्न नहुन सक्छ । स्वास्थ्य प्रति सजग रहनुहोस्, विशेष गरी यात्रामा अतिरिक्त सतर्कता आवश्यक हुनेछ ।
सिंह राशि
स्वास्थ्यमा सुधार आउनेछ । रोकिएका कामहरू अघि बढ्नेछन् । आर्थिक लाभका अवसरहरू प्राप्त हुनेछन् । साथै सामाजिक सहयोगले आत्मविश्वास बढ्नेछ ।
कन्या राशि
नयाँ योजनाहरू कार्यान्वयन हुनेछन् । धार्मिक कार्य प्रति आकर्षण बढ्नेछ । पारिवारिक यात्रा तथा आत्मविश्वासमा वृद्धि हुने सम्भावना छ ।
तुला राशि
आजको दिन सामान्य रहनेछ । बोलीमा संयम राख्नुहोस्, यात्रामा सतर्कता अपनाउनुहोस् । धार्मिक तथा सामाजिक गतिविधिमा संलग्नता लाभदायी हुनेछ ।
वृश्चिक राशि
रोकिएका कामहरू बन्नेछन् । नयाँ अवसरहरू प्राप्त हुनेछन् । धार्मिक क्रियाकलाप प्रति रुचि बढ्नेछ, र आत्मबल सुदृढ रहनेछ ।
धनु राशि
शैक्षिक र व्यवसायिक क्षेत्रमा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । लगानीबाट सन्तोषजनक प्रतिफल प्राप्त हुने संकेत छ ।
मकर राशि
पढाइमा ध्यान केन्द्रित हुनेछ, नयाँ कार्य प्रारम्भ गर्ने समय हुनेछ । तर अनावश्यक खर्च बढ्न सक्ने भएकाले आर्थिक योजनामा सतर्कता अपनाउनु आवश्यक छ ।
कुम्भ राशि
आजको दिन विशेष सकारात्मक रहनेछ । सफलता प्राप्त हुनेछ, स्वास्थ्यमा सुधार आउनेछ । स्वादिष्ट भोजन तथा रमाइलो भेटघाटको अवसर जुर्न सक्छ ।
मीन राशि
सावधानी आवश्यक पर्ने दिन छ, खानपानमा ध्यान दिनुहोस् । व्यापारमा उल्लेखनीय प्रगति हुने सम्भावना न्यून छ । यात्रामा सतर्कता अपरिहार्य हुनेछ ।




