मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा कार्यको सन्दर्भमा महत्त्वपूर्ण लक्ष्यहरू प्राप्त हुनेछन् । आकस्मिक निर्णय लिनबाट जोग्गिनुहोस् । साताको मध्यमा कार्यक्षेत्रमा शत्रुहरू तपाईंमाथि हावी हुने प्रयास गर्नेछन्, सचेत रहनुहोस् । दाम्पत्य जीवन सुमधुर रहनेछ । प्रेम सम्बन्ध कसिनेछ । साताको अन्तिममा सम्पत्तिलाई लिएर सानोतिनो विवाद उत्पन्न हुन सक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा काममा हजुरको अधिकार बढ्नेछ । सन्तानको प्रगतिले मन प्रफुलित र आनन्दित रहनेछ । साताको मध्यमा आफ्नो दिनचर्यालाई सन्तुलित राख्ने प्रयास गर्नुहोला । नयाँ नोकरीमा प्रतिद्वन्दीहरूबाट कडा टक्कर पाइनेछ । साताको अन्त्यमा विद्यार्थी वर्गहरूले शारीरिक बलभन्दा मानसिक बलमा ध्यान केन्द्रित गर्नुहोस् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा धैर्यताको कमीले पारिवारिक सद्भाव बिग्रिन सक्छ धैर्य राखौं । मित्रवर्गहरूको सहयोगले सफलता मिल्नेछ । वैमनस्यता बढ्न सक्छ । साताको मध्यमा प्रशंसनीय कार्यले प्रतिष्ठा बढ्नेछ । अविवाहित हुनुहुन्छ भने विवाहको कुराहरु चल्नेछ । परिवारसँग समय बित्नुको साथै मन प्रसन्न रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा कार्यक्षेत्रमा नयाँ योजनाहरू क्रियान्वित गर्न सक्नुहुनेछ । भाइ बहिनीको सहयोग मिल्नाले पारिवारिक वातावरण सुखमय रहनेछ । श्रमको उचित मूल्यांकन मिल्नेछ । साताको मध्यमा काममा व्यस्तता धेरै रहनुपर्ने हुन्छ । मेहनत र लगनले रोकिएका कार्य सम्पादन हुनेछन् । माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा आफन्तहरूको साथमा रमाइलो समय बित्नेछ । धर्ममा रूचि उत्पन्न हुनेछ । व्यापार व्यवसायमा लाभ रहनेछ । साताको मध्यमा चलचित्रको कामले वा समाजसेवी कामले हजुरलाई चिनाउनेछ । विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक परीक्षाहरूमा उत्कृष्ट सफलता प्राप्त हुने सम्भावना छ । साताको अन्तिममा पुरानो र तितो सम्झनाहरूले मूड बिगार्न सक्छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । वैदेशिक रोजगारमा सफलता मिल्नेछ । विद्यार्थी वर्गहरूलाई उच्च शिक्षाको लागि विदेशतिरको यात्रालाई लिएर शुभ सूचना मिल्न सक्ला । साताको मध्यमा व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला । प्रतिस्पर्धी विद्यार्थीहरूलाई प्रतिस्पर्धामा सफलता मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा वाहन चलाउँदा सावधान रहनुहोला, चोट लाग्ने सम्भावना रहेको छ । अरुको ईर्ष्याले गर्दा व्यापारमा हानि हुन सक्ला । रचनात्मक वा कलात्मक क्षेत्रमा प्रसिद्धि मिल्नेछ । साताको मध्यमा घरमा मांगलिक कार्यले मन प्रशन्न रहनेछ । विशेष गरि महिलाहरूलाई घरेलु कामको चासो बढ्नेछ । साताको अन्तिममा नोकरी वा पेशामा सहकर्मीहरूको साथ मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा कार्य क्षेत्रमा साझेदारी व्यापारबाट लाभ मिल्नेछ । जीवन साथीसँग मनमुटाव हुन सक्छ । साताको मध्यमा मौसमी बिमारीबाट बच्नुहोस् । सवारी साधनमा पैसा खर्च हुन सक्ला । कार्य क्षेत्रमा गरेको कामको जस नमिल्ला । साताको अन्तिममा व्यापार व्यवसायमा लाभ रहनेछ । नोकरी वा पेशामा थप जिम्मेवारीहरू बढ्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा कार्यक्षेत्रमा पूर्वनियोजित कार्यहरूमा सफलता मिल्नेछ । जग्गा जमिन वा वाहन किन्नमा माताको तर्फबाट सहयोग मिल्नेछ । साताको मध्यमा सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । विद्यार्थी वर्गहरूले आलस्य गर्दा राम्रो समय गुमाउनु पर्ला । साताको अन्तिममा परिवारमा पारिवारिक कलहले मन अशान्त रहनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा आर्थिक कारोबारमा हजुरको महत्वकाङ्क्षा पूर्ण हुनेछ । कार्य क्षेत्रमा भावनामा आएर निर्णय नलिनुहोला । विद्यार्थी वर्गहरुलाई अध्ययनमा सफलता मिल्नेछ । साताको मध्यमा पेट सम्बन्धी समस्याले चिन्ता रहनेछ । सहकारी तथा वित्तीय संस्थाबाट लाभ मिल्नेछ । साताको अन्तिममा मान सम्मान बढ्नेछ । कार्य क्षेत्रमा गरेको कामको जस पाइनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा कार्य क्षेत्रमा लाभ मिल्नेछ । माताको स्वास्थ्यमा सुधार हुनेछ । परिवारमा मनमुटाव रहनेछ । साताको मध्यमा सन्तान पक्षलाई लिएर शुभ सूचना मिल्नेछ । अग्रिम रोकिएका कार्यहरू प्रारम्भ हुनेछन् । साताको अन्तिममा व्यापार व्यवसायमा शत्रुपक्षले खुट्टा तान्नेछन् । कार्य क्षेत्रमा सोचेको काम पूरा गर्न अप्ठ्यारो हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा आर्थिक पक्ष सबल रहनेछ । आफन्तजनहरूबाट राम्रो सहयोग मिल्नेछ । कार्य क्षेत्रमा नयाँ आयका स्रोतहरू बढ्नेछन् । साताको मध्यमा प्रेम सम्बन्धमा छोटो मिठो यात्रा रहन सक्ला । नयाँ पहिरनको अवसर मिल्नेछ । साताको अन्तिममा कार्य क्षेत्रमा जीवनसाथीको सहयोग मिल्नुको साथै प्रेमको बन्धन कसिने छ ।




