मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मित्र तथा परिवारसँग सम्बन्धित विषयले मन चिन्तित बनाउन सक्छ । जोखिमपूर्ण कामबाट लाभ मिल्ने सम्भावना भएपनि गोपनीयता भंग हुने वा विगतका कमजोरीले तनाव बढाउन सक्छ । तेस्रो व्यक्तिको हस्तक्षेपका कारण सम्बन्धमा दूरी आउन सक्ने भएकाले संयमित व्यवहार गर्नु उपयुक्त हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अनावश्यक विवादबाट टाढा रहनु बुद्धिमानी हुनेछ । आयात–निर्यात, वैदेशिक व्यापार तथा ट्राभल व्यवसायमा लाभ मिल्ने संकेत छ । मनोरञ्जन र स्वादिलो भोजनमा समय बित्नेछ भने जीवन साथीको भावना र चाहनालाई सम्मान गर्नु राम्रो हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ । तर्क र बहसमा सफलता मिल्ने सम्भावना भए पनि रिस र आवेग नियन्त्रण गर्न आवश्यक छ । स्वाभिमान र घमण्डका कारण साना समस्या आउन सक्ने भएकाले बोलीमा संयम अपनाउनु उचित हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
इच्छा पूरा हुने र प्रेम सम्बन्धमा निकटता बढ्ने दिन छ । खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ भने बुद्धिमानीपूर्वक निर्णय गरे लाभ मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
घरायसी काममा व्यस्तता बढ्नेछ । मनोरञ्जन वा घुमघामका लागि खर्च हुन सक्छ । क्रोध र आक्रामक व्यवहारले आफन्त तथा साथीभाइसँग सम्बन्ध बिग्रन सक्ने भएकाले धैर्य र अनुशासन अपनाउनु आवश्यक छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पुराना साथीभाइसँग भेटघाट हुने र भविष्यका योजना तथा अध्ययनका विषयमा छलफल हुने सम्भावना छ । धार्मिक तथा सामाजिक गतिविधिमा सक्रियता बढ्नेछ । महत्त्वपूर्ण काम पूरा हुँदा आत्मविश्वास बढ्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कुटुम्ब वा आफन्तसँग भेटघाट हुनेछ । आकस्मिक आर्थिक लाभ वा रोकिएको रकम फिर्ता आउने सम्भावना छ । आम्दानी बढ्ने संकेत देखिएको छ भने कार्य क्षेत्रमा पनि प्रशंसा प्राप्त हुनेछ । जीवन साथीको प्रतिष्ठा र आयआर्जनमा समेत सुधार आउने योग छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
निर्णय क्षमता र रचनात्मक सोच बलियो बन्नेछ । नयाँ जिम्मेवारी वा पदभार प्राप्त हुन सक्छ । सहकर्मीसँग व्यवहारिक ढंगले प्रस्तुत भए सफलता मिल्नेछ । अनावश्यक जिद्दीपनले भने विवाद निम्त्याउन सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पुराना समस्या समाधान गर्ने अवसर मिल्नेछ । जिम्मेवारी प्रति सजग रहनुपर्ने दिन हो । प्रेम सम्बन्धमा विश्वास कायम गर्न खुलेर संवाद गर्नु उपयुक्त हुनेछ । महत्त्वपूर्ण निर्णयअघि अनुभवी व्यक्तिको सुझाव लिनु राम्रो हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापार तथा व्यवसायमा प्रगति हुने संकेत छ । रोकिएका काम अघि बढ्नेछन् तर जिम्मेवारी पनि थपिनेछ । साथीभाइसँगको भेटघाटले दिन रमाइलो बन्नेछ । वैदेशिक अध्ययन वा यात्राको तयारी गरिरहेकाले अनुभवी व्यक्तिसँग परामर्श गर्नु लाभदायी हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ सम्झौता वा करारबाट आर्थिक लाभ मिल्ने सम्भावना छ । जग्गाजमिन, सञ्चार सामग्री तथा पेट्रोलियमसँग सम्बन्धित क्षेत्रमा फाइदा हुन सक्छ । मेहनत धेरै गर्नुपर्ने भएपनि करियर र प्रतिष्ठामा सकारात्मक उपलब्धि हासिल हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
लामो समयदेखि अधुरा रहेका काम पुन: सुरु गर्दा सफलता मिल्नेछ । प्रेम सम्बन्धमा खुसीको वातावरण बन्नेछ र प्रिय व्यक्तिबाट विशेष उपहार प्राप्त हुन सक्छ । वरिष्ठ तथा गुरुजनको साथ मिल्नेछ भने परिवारबाट पनि शुभ समाचार प्राप्त हुने सम्भावना छ ।






