काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाहीका विवेक मण्डलको परिवारलाई एक लाख रुपैयाँ राहत प्रदान गरेका छन् ।
सर्लाहीको गोडैता नगरपालिका १० सिसौटियाका ३५ वर्षीय विवेकको आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएको थियो ।
उक्त घटनामा दु:ख व्यक्त गर्दै सभापति थापाले आज १३ औँ पुण्य तिथिमा परिवारलाई राहत स्वरूप एक लाख रुपैयाँ राहत उपलब्ध गराएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गरेर उल्लेख गरेका छन् ।
साथै विवेकका सन्तानहरूको शिक्षा–दीक्षाको व्यवस्थापन गर्ने प्रतिबद्धता पनि सभापति थापाले व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ । मण्डलको गत असार ३० गते उपचारका क्रममा निधन भएको थियो ।
थापा गत फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा सर्लाही ४ मा उम्मेदवार थिए, रास्वपाका अमरेशकुमार सिंहसँग पराजित भएका थिए ।






