काठमाडौं । महिलालाई अभ्रद्र व्यवहार गरेको अभियोगमा काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने सर्लाही कबिलासी नगरपालिका २ घर भएका ३० वर्षीय सालिन साहलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका १४ कंलकीबाट पक्राउ गरेको हो ।
सालिनले गत भदौ १६ गते काठमाडौं महानगरपालिका २६ ठमेलस्थित सडकमा महिलालाई अस्वभाविक तवरले छोई अभद्र व्यवहार गरेको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




