धनगढी । कैलारी गाउँपालिका ४ का २५ वर्षीय दिपेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । चौधरीले एक युवतीलाई प्रेम सम्बन्धमा पारी उनका परिवार तथा नातेदारलाई वन कार्यालयमा करारमा जागिर लगाइदिने प्रलोभन देखाउँदै रकम ठगी गरेको खुलेको प्रहरीले जनाएको छ ।
उनले आफू वन अधिकृत भएको देखाउन नक्कली परिचयपत्र तथा नियुक्तिपत्रसमेत बनाएर रकम लिएको पाइएको छ । चौधरीलाई प्रहरीले धनगढी उपमहानगरपालिका १ स्थित डिभिजन वन कार्यालय कैलालीको सडक खण्डबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरीविरुद्ध ठगी कसुरमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप गरिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




