नवलपरासी पूर्व । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा नवलपरासी पूर्वको विनय त्रिवेणी गाउँपालिका ३ चिसापानीका ४३ वर्षीय शेरबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार विकले ४० वर्षीया श्रीमती उनिमाया विकमाथि धारिलो हतियार खुर्पा प्रहार गरेका थिए । खुर्पा प्रहारबाट उनिमायाको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले शेरबहादुरलाई मंगलबार बिहान पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




