मेष राशि
पारिवारिक सहयोग प्राप्त हुनुका साथै अध्ययनमा प्रगति हुनेछ । परीक्षामा राम्रो नतिजा हासिल गर्ने सम्भावना छ । स्वदेशमा गरिएको लगानीबाट लाभ मिल्न सक्छ । यद्यपि, वैदेशिक यात्राका क्रममा सावधानी अपनाउनु उचित हुनेछ ।
वृष राशि
सामाजिक क्षेत्रमा सफलता मिल्नुका साथै सेवामूलक कार्यमा संलग्न हुने अवसर प्राप्त हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर बन्नेछन् । विदेश प्रति आकर्षण बढ्न सक्छ । साथीभाइको साथ र सहयोगबाट लाभ प्राप्त हुने सम्भावना छ ।
मिथुन राशि
मनमा चञ्चलता बढ्न सक्ने भएकाले बोली र व्यवहारमा संयमता अपनाउनुहोला । महत्त्वपूर्ण निर्णय लिनुअघि परिवारका सदस्यसँग परामर्श गर्नु लाभदायक हुनेछ । प्रेम सम्बन्धमा आत्मीयता र समझदारी बढ्नेछ ।
कर्कट राशि
व्यापार तथा व्यावसायिक क्षेत्रमा नोक्सानी हुन सक्ने भएकाले आर्थिक कारोबारमा सतर्कता अपनाउनुहोला । पारिवारिक मतभेदले असहजता निम्त्याउन सक्छ । यसअघि गरिएको लगानीबाट उत्साहजनक प्रतिफल प्राप्त हुन सक्ने भएपनि नयाँ लगानी गर्दा विशेष सावधानी अपनाउनु उचित हुनेछ । परिवारको सहयोग भने प्राप्त हुनेछ ।
सिंह राशि
आज मान सम्मान र प्रतिष्ठा प्राप्त हुने सम्भावना छ । मानसिक अस्थिरताका कारण खानपान र दैनिक दिनचर्यामा असन्तुलन आउन सक्छ । त्यसैले शान्त र संयमित भएर अघि बढ्नुहोला । अध्ययनमा सफलता मिल्ने सम्भावना छ भने वैदेशिक लगानीमा जोखिम रहन सक्छ ।
कन्या राशि
आजको दिन अनुकूल रहनेछ । आफ्नो स्वार्थ पूरा गर्न अरूलाई भ्रममा पार्ने प्रवृत्तिबाट टाढा रहनुहोला । अध्ययनमा सफलता प्राप्त हुने सम्भावना छ । व्यापारमा गरिएको लगानीबाट लाभ मिल्न सक्छ । निरन्तर प्रयास र योजनाबद्ध कार्य शैलीले आम्दानी बढाउन सहयोग पुर्याउनेछ ।
तुला राशि
ठूलो लगानीसम्बन्धी निर्णय गर्दा विशेष सावधानी अपनाउनुहोला । वैदेशिक क्षेत्रसँग सम्बन्धित आर्थिक गतिविधिबाट लाभ प्राप्त हुने सम्भावना छ । व्यक्तिगत काममा बढी समय खर्चिनुपर्ने हुन सक्छ । परिवारबाट सहयोग प्राप्त हुनेछ । सामाजिक कार्यमा संलग्न हुँदा आफ्नो क्षमता र परिस्थितिको मूल्याङ्कन गरेर अघि बढ्नु उचित हुनेछ ।
वृश्चिक राशि
पुरानो स्वास्थ्य समस्याले पुनः सताउन सक्ने भएकाले स्वास्थ्यप्रति सचेत रहनुहोला । धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ । लगानीको उचित मूल्याङ्कन गर्न सकिनेछ । राजनीतिक तथा सामाजिक क्षेत्रमा सेवामूलक अवसर प्राप्त हुन सक्छन् । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
धनु राशि
लामो समयदेखि रोकिएका कामले गति लिनेछन् । अध्ययनमा सफलता प्राप्त हुने सम्भावना छ । व्यापारमा गरिएको लगानीबाट लाभ मिल्न सक्छ । पारिवारिक सहकार्य र समझदारी बढ्नेछ । सामाजिक तथा परोपकारी कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ ।
मकर राशि
चन्द्रमाको गोचर तपाईंको राशिमा रहेकाले विशेष अवसर प्राप्त हुन सक्छन् । अप्रत्याशित रूपमा उपहार वा सम्मान प्राप्त हुने सम्भावना छ । इमानदारी र मेहनतले आत्मविश्वास बढाउनेछ । अध्ययनमा उल्लेखनीय प्रगति हुनुका साथै ज्ञान र अनुभव विस्तार हुनेछ । प्रेम तथा पारिवारिक जीवनमा खुसी र सन्तुष्टि मिल्नेछ ।
कुम्भ राशि
स्वास्थ्य उपचार तथा मनोरञ्जनमा खर्च बढ्न सक्छ । कार्य क्षेत्रमा केही अवरोध आउनुका साथै साथीभाइबाट अपेक्षित सहयोग नपाइन सक्छ । अनावश्यक खर्च नियन्त्रण गर्दै महत्त्वपूर्ण काममा ध्यान केन्द्रित गर्नुहोला । विद्यार्थीहरूले अध्ययनमा एकाग्रता बढाउनु उचित हुनेछ ।
मीन राशि
आम्दानीका नयाँ स्रोत पहिचान गर्ने अवसर प्राप्त हुनेछ । पारिवारिक तथा प्रेम जीवन सुखमय रहनेछ । रमाइलो यात्राको अवसर मिल्नुका साथै स्वादिष्ट भोजनको आनन्द लिन पाइनेछ । लगानीबाट सकारात्मक प्रतिफल प्राप्त हुने सम्भावना छ । आर्थिक योजना बनाएर अघि बढ्दा थप लाभ लिन सकिनेछ ।




