मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
धन मान पाउने योग छ । नोकरी तथा राजनितीमा आफ्नो बर्चस्व बढाउन सकिने छ । तपाइले गरेको कामाको कदर भइ प्रतिष्ठा बढ्ने छ । पढाइ तथा ब्यापारमा प्रगती हुने दिन रहेको छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । प्राविधिक काममा सफलता प्राप्त हुने छ । आत्मविश्वास जाग्नेछ । बैदेशिक क्षेत्रको लगानी खेर जादैंन ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ । ब्यापारमा पनि फाइदा होला । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन्छ । केही चुनौती सामना गर्नुपर्ने देखिन्छ । स्वास्थ्य कमजोर रहे पनि सहयोगीहरू जुटाउन सकिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हात लागी हुने समय छ । कृषि तथा पशुपालनमा फाइदा होला । पढाइ लेखाइमा प्रगति हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । धनजनको वृद्धि होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । ऋण सापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । टाढाको यात्राबाट केही धनको पनि आर्जन हुनेछ । व्यापार बढ्ने, यात्रा हुने र रमाइलो भेटघाटले मनलाई हर्षित बनाउनुको साथै पराक्रम बढला ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
समय मध्यम स्तरको छ । कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ । सोचे अनुरुप काम नहोला । स्वास्थ्य स्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ । उत्साहवर्द्धक समय छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
छर छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । तर, खास हानि पुग्दैन, दिन ठिकै छ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, दिन मध्यम खालको छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । तर, शारीरिक अस्वस्थताको सम्भावना छ । आम्दानीमा कमी आउने छैन तर निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धन लाभ होला । विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । अनौठो खबर सुन्न पाइएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
परिवारजनमा असमझदारी बढ्नेछ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन्, सावधान रहनु होला । धेरै लगानीपछि कम मात्र फाइदा हुनेछ । आजको दिनमा तपाइले सोचेको काम पुरा हुन सक्छ ।




