काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तिहारमा घर जाने यात्रुका लागि काठमाडौँका चार ठाउँमा खोपको व्यवस्था गरेकाे छ ।
काठमाडौँबाट देशका विभिन्न क्षेत्रमा घर फर्कने यात्रुहरुलाई लक्षित गरी स्वास्थ्य मन्त्रालयले कोटेश्वर चोक, गोंगबुस्थित बसपार्क, बल्खु चोक र कलंकी चोकमा कोरोनाविरुद्धको खोप दिन सुरु गरेको हो ।
आजबाट दुई दिनसम्म ७ बजेदेखि बेलुका ४ बजेसम्म खोप दिइने जनाइएको छ । खाेपका लागि सम्बन्धित ठाउँमा उमेर खुल्ने सरकारी परिचय पत्र लगेर उपस्थित हुनुपर्ने मन्त्रालयले जनाएको छ ।
यी चार स्थानमा आज बिहानदेखि नै खोप कार्यक्रम सुरु गरिएको छ । आज र भोलि दुई दिन चल्ने खोप कार्यक्रममा आफ्नो उमेर खुल्ने परिचयपत्र देखाएर खोप लगाउन सकिनेछ । भेरोसिल र एस्ट्राजेनेका खोप नि:शुल्क लगाइने मन्त्रालयले जनाएको छ ।




