काठमाडौं । नेपाली क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को मेगा अक्सनमा अनसोल्ड भएका छन् । बेंगलोरमा पहिलो दिनको सम्पन्न अक्सनमा सन्दीप अन सोल्ड अथार्त कुनै पनि टोलीले उनलाई किन्न रुचाएनन् ।
यस पटक आईपीएल अक्सनमा स्पिनरमाथि खासै रकम खर्च भएको छैन । अनुभवी स्पिनरहरु इमरान ताहिर र अमित मिश्रामाथि कुनै टोलीले बोली लगाएनन् । त्यस्तै कुलदिप यादव पनि २ करोडमा विक्री भए । त्यस्तै अष्ट्रेलियाका एडम जाम्पा, इंग्ल्यान्डका आदील राशिद पनि बिकेनन् ।
सन् २०१८ मा तत्कालिन दिल्ली डेयर डेभिल्स ९दिल्ली क्यापिटल्स० ले न्यूनतम मूल्य २० लाख भारु अक्सनमा किनेपछि सन्दीप आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका थिए । २०२० सम्म दिल्लीमा रहेका सन्दीपले ९ खेल खेल्दै १३ विकेट लिएका थिए ।
सन् २०२१ मा भने दिल्लीले सन्दीपलाई फुकुवा गरेको थियो । तर, अक्सनमा सन्दीपलाई कुनै पनि टोलीले रुचि देखाएनन् । सन् २०१८ मा दिल्लीले लिगबाट बाहिरिएपछि अन्तिम तीन खेलमा मौका दिँदा सन्दीपले ५ विकेट लिएका थिए ।
सन् २०१९ मा ६ खेलमा सन्दीपले ९ विकेट लिएका थिए । २०२० मा भने पुरै बेन्चमा बसेर फर्किएका थिए । मेगा अक्सनमा सन्दीपले ४० लाख भारु अर्थात ६४ लाख नेपाली रुपैयाँ न्यूनतम मूल्य राखेका थिए । २०२१ को अक्सनमा भने सन्दीप विकेका थिएनन् ।




