मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । नयाँ काम र शुभ समाचार सुन्न पाइएला । रोकिएका अधुरा काम पुनः सुरु हुन सक्छ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । मध्य सातामा मनमा निराशा र शरीरमा आलस्य आउला । सौन्दर्यतामा धन खर्च हुनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता कुनै कुराले मनमा शान्ति छाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । प्रेममा मधुरता छाउनेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । परोपकारका क्षेत्रमा लगानीको समय छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता विद्या र बुद्धिको विकास हुनेछ । धार्मिक तथा महत्त्वको क्षेत्रको भ्रमण हुन सक्छ । अतिथिको रूपमा सत्कार पाइएला । सजिलै अरुको विश्वास जित्न सकिनेछ । चलाखीपूर्ण बोलीले काम बन्न सक्छ । छोटो दुरीको लाभदायक यात्रा रहला । सन्तान सुख पनि मिल्न सक्छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । साताको अन्त्यमा अपेक्षित काममा सोचेभन्दा बढी मेहनत गरेर थोरैमात्रै सफलता प्राप्त गर्न सकिएला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता कीर्तिमानी काम गर्ने समय छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । कला प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ । हाँसखेल र मनोरञ्जनपूर्ण समय पनि रहेको छ । दैनिक कार्यमा प्रगति समेत हुनेछ । स्वास्थ्य क्षेत्र भने निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता नयाँ जिम्मेवारी पाइएला । भाग्यले विभिन्न अवसर जुराउनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । धार्मिक यात्राको योग रहेको छ । व्यापार व्यवसायमा सफलता पाइनेछ । आफन्तसँग रमाइलो भेटघाट पनि हुनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको सुरुका दिनमा शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ । साताको मध्यबाट रमणीय र सुखद् यात्राको योग छ । वैदेशिक कार्यमा सफलता मिल्नेछ । आदर्श व्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो सातामा भाग्यले विभिन्न अवसर जुराउनेछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । नयाँ काम वा रोजगार पाइनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आफन्तले तपाईँका विचारलाई समर्थन गर्नेछन् ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता घरमा अतिथिको आगमन हुनेछ । तपाईंको लगनशीलतालाई भित्रभित्रै मन पराइएको अवस्था हुन्छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । अचल सम्पत्ति हातपर्नुका साथै लाभदायक यात्रा हुनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता शुभकार्यको चर्चा चल्नेछ । प्रेमी वा प्रेमिकाबाट सुख मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । पर्यटकीय भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । साताको उत्तरार्धबाट व्यापार व्यवसायमा बाधा आउला । घर व्यवहारको समस्याले सताउनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला, सामानहरू छुट्ने वा हराउने सम्भावना छ । अनावश्यक ठाउँमा धन खर्च पनि होला । मङ्गलवारबाट अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । आफन्तको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । साताको अन्त्यमा काममा अवरोध सृजना हुन सक्ने सम्भावना रहेकोले सङ्घर्षको सामना गर्नुपर्ने छ । (अधिक जानकारीका लागि 977-9849559502)




