एजेन्सी । युक्रेनको राजधानी किभमा आज पनि निरन्तर विष्फोट भएको समाचारहरु आइरहेका छन् । अहिलेसम्म विस्फाेट र आक्रमणमा परेर सयौं युक्रनीकाे मृत्यु भइसकेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य आक्रमण सुरु गरेपछि युरोपमा सन् १९४५ यताकै अँध्यारो परिस्थिति निम्तिएको भन्दै चिन्ता व्यक्त हुन थालेको छ ।
कतिपयले पुटिनलाई २१ औं शताब्दीका ‘हिटलर’ भनेर उनको आलोचना समेत गर्न थालेका छन् । रुसभित्रै उनले चालेको कदमको चर्को विरोध तथा नाराबाजी हुन थालेको छ । लामो समयदेखि युक्रेनसँगको तनावले युद्धको रुप लेला भनेर रुसीहरूले विश्वास गरेका थिएनन् । तर सैन्य कारबाही गर्ने पुटिनको घोषणापछि दोस्रो विश्व युद्धपछि कै ‘अँध्यारो अध्याय’ खोलेको भन्दै उनीविरुद्धको आक्रोश निकै बढेको छ ।
अब टर्की पनि आणविक बमको दोस्रो सिकार हुन सक्छ ! पुटिनले आणविक बम प्रयोग गर्नु पर्ने सम्भावित राष्ट्र टर्की हुन सक्छ । युक्रेनसँगको लडाईँमा कोही आयो भने एटम बम (वा सानो खालको हाइड्रोजन बम) हान्छु भनेर, खुले आम घोषणा गरेका छन् ।
सन् १९४९ मा १२ देशहरू मिलेर बनेको गठबन्धनमा हालसम्म ३० राष्ट्रहरू नाटोमा सदस्य छन् । युक्रेनको वरिपरिका राष्ट्रहरू मध्ये सबैभन्दा खुंखार पुरानो राष्ट्रहरू भनेको ग्रीस र टर्की (सन् १९५२ देखि नै छन्) मात्र हुन । बाँकी जर्मनी १९५५ अनि स्पेन १९८२ लगायत अन्य आठ राष्ट्रहरू अलि टाढा छन् ।
यसमध्ये उग्र भएर विश्व नरसंहारमा भाग लिँदै आएको राष्ट्र भनेको टर्की हो । यो राष्ट्र हजारौँ हजार निर्दोष जनताको हत्यामा संलग्न भएको छ, जस्तै इराक युद्ध आदि । अन्य राष्ट्रहरू सन् १९९० को दशकमा मात्र नाटो गठबन्धनमा सामेल भएका हुन् । जस्तै चेज रिपब्लिक, हंगेरी र पोल्याण्ड सन् १९९९ मा मात्र सदस्य बनेका हुन् ।
पूर्व सोभियत संघका राष्ट्रहरू मध्ये जस्तैस् स्टटोनिया, लाटीभिया, लिथुआनिया र अन्य राष्ट्रहरू रोमानिया, स्लोभाकिया र स्लोभेनिया सन् २००४ मा मात्र सदस्य बनेका थिए। त्यसै गरि अल्बानिया र क्रोसिया सन् २००९ मा सदस्य राष्ट्रहरू बने भने, मोन्टेनिग्रो र नर्थ मेसेडोनिया अस्ति भर्खर सन् २०२० मा सामेल भए ।
स्मरणीय छ, जति पनि सन् १९९० पछि नाटोमा पूर्वी युरोपका देशहरु छन्, रसियासँग गरिएको सन् १९९६ (यो मिति मैले बिर्सिएँ अहिले) को सहमति र समझौता विपरीत सदस्य बनाइएको हो । अझ पछिल्ला दिनहरूमा त ती राष्ट्रहरूमा थप आणविक हतियार तथा मिसायल नराख्ने समेत सहमति भएको थियो । जे जति छन् ती मात्र ।
बुँदा सात सहित विपरीत, पोल्याण्डमा थप हातहतियार तथा मिसायलहरु मस्कोतिर सोझो पारिएको छ नेटोको गठबन्धनबाट । यसरी रसिया रिसले चुरचुर हुनाको अर्को कारण यो पनि हो । उता यूक्रेन त्यही गर्दै थियो अस्तिसम्म । सन् २०१४ मै निवेदन हालिसकेको छ नाटो सदस्यको लागि । हतियार नाटोले अनौपचारिक रूपमा युक्रेनमा थुपार्दै थियो । भनिन्छ मिसायल भण्डारण पूर्वाधार खडा गरेको छ भनेर ।
अहिले व्यापक सम्भावना भएको भनेको टर्की, पोल्याण्ड र हंगेरी हुन् । पोल्याण्डमा आणविक मिसायलहरु रसियाको मस्कोतीर ठाडो पारेर राखिएको छ, भनिएको थियो । मस्को निकै नजिक पर्न जान्छ । तर यसको इतिहास रसियासँग मिलेर अघि बढेको हो । त्यसैले यसले र हंगेरीले अहिलेको संकटमा आफ्नो भूमि प्रयोग गर्छन् भन्ने लाग्दैन ।
ताकि रसियन विनासकारी आणविक बमबाट केही मिनेटभित्र आफ्नो देश लाभा जस्तै पग्लियोस् । कुन मूर्ख शासकले आफ्नो भूमिलाई लाभामा बदल्ने कुचेष्टा गर्छ ! त्यो टर्कीले गर्छ शायद, यदि गर्यो भने । उसको इतिहास खुन खराबामा डुबेको छ।
अर्कोतर्फ टर्की, त्यो युक्रेनको छेऊमा रहेको व्याल्याक सागरको पारी पट्टी छ । जुन पोल्यान्डको भूमि जस्तै बहुत सुगम हुनेछ दुवै (युक्रेनमा रहेका रसियन फाइटर र रसियाको मुख्य भूमि हान्न) तर्फको लागि । त्यति मात्र कहाँ होर, अन्य सदस्य राष्ट्रका सेनाहरू हात हतियार सहित जम्मा हुन पनि सजिलो भयो, मेडीटरियन सागरको कारण ।
नाटोसँग मिलेर इतिहासमा यो धेरै ठाउँमा नरसंहारमा भाग लिएको हुँदा टर्की बलियो सम्भावित राष्ट्र हुनेछ । यही भूमीबाट नाटोले पुटिनलाई तर्साउने दुस्साहस गर्न सक्ने छ ।
यसरी बलकान क्षेत्रको टर्की, निमेष भरमै रसियन आणविक बमको रापमा पग्लिदै झोल बनेर मेडेटेरियन सागरमा बग्दै, विश्वको दोस्रो बम खाने राष्ट्र बनेर सधैंको निम्ति अस्ताउने छ ! त्यो घटना पछि सम्पूर्ण नाटो राष्ट्रहरू पछि हट्ने छन् । तेर्सो विश्वयुद्ध हुने छैन ।
यदि टर्कीले पनि यो मामलामा नाटोलाई सहयोग गरेन भने, पुटिनले नयाँ खेलाडी बनेर अमेरिकीहरुको नाक घोप्टो पार्ने छन् । पुटिन नयाँ सिकंदर बनेर पुरानो इतिहासमा केही हदसम्म रमाउने छन् ।






