सर्लाही । सर्लाहीको हरिवन नगरपालिका ११ का युवा व्यावसायी विष्णु प्रसाद प्रसाईले आफ्नो जन्मदिनको उपलक्ष्यमा वृद्धाश्रमका वृद्धवृद्धाहरुलाई फलफुल सहयोग गरेका छन् । लालबन्दी नगरपालिका २ मा रहेको पद्धमभुवनेश्वरी वृद्धसेवा आश्रमका वृद्धवृद्धाहरुलाई प्रसाईले केरा, अंगुर र स्याउ लगायतका फलफुल सहयोग गर्नु भएको हो ।
युवा व्यावसायी प्रसाईले शुक्रबार बिहान वृद्धसेवा आश्रममा पुगेर आश्रममा आश्रय लिएर बसेका वृद्धवृद्धाहरुलाई फलफुल सहयोग गरि उदाहरणीय काम गर्नु भएको आश्रमकी व्यावस्थापक भवानी कोईरालाले जानकारी दिनुभयो ।
पछिल्लो पुस्ताका युवा वर्गहरुलाई समाजिक कार्य प्रति आकर्षण बढाउन आफुले आफ्नो जन्म दिनको अवसरमा वृद्ध सेवा आश्रममा बसेका वृद्धवृद्धा आमाबुबाहरुलाई थोरै भएपनि सहयोग गरेको युवा व्यवसायी प्रसाईले बताउनु भयो ।
आफ्नो २९ औँ जन्मोत्सवको अवसरमा हरिवन निवासी युवा व्यावसायीहरुले एक अनौपचारिक कार्यक्रमको आयोजना गरि आश्रममा फलफुल सहयोग गर्नु भएको हो । कार्यक्रममा नेसन सपोर्ट फाउण्डेशनका अध्यक्ष राजेश साह लगायतका युवा व्यावसायीहरुको उपस्थिती रहेको थियो ।






